Advertisement

इलाम /यतिबेला विभिन्न पार्टीका उम्मेदवारहरु चुनावी अभियानका क्रममा छन् । ठुला दलका उम्मेदवारहरु कार्यकर्ता प्रशिक्षणमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनीधि सभा इलाम  क्षेत्र नम्बर २ को उम्मेदवार लक्ष्मी गुरुङले भने घर दैलो अभियान सुरु गरेका छन् ।

चुनावको प्रचार प्रसारमा छु, हलो चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको छु, यो पटक पुरानालाई हैन नयाँलाई जनताले जितेउनेमा आफु ढुङ्क रहेको उम्मेदवार लक्ष्मी गुरुङले बिर्तामोड झापा डट कमलाई बताएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि इलाम–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त छ । आउँदो वैशाख १५ मा यहाँ उपनिर्वाचन हुँदैछ । राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ । 

आफू जनतालाई खोक्रो भाषण र झुटा आस्वसन दिन घर दैलो अभियानमा नहिडेको, जनताको आधारभुत समस्या बुझ्ने र हलो चुनाव चिन्ह बुझाउने अभियानमा मतदाताको घरदैलो गरि रहेको उनी बताउँछन् ।

Advertisement

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि विभिन्न दलले उम्मेदवार छानिसकेका छन् । केहीले उम्मेदवारको नाम टुंग्याउन बाँकी छ ।

Advertisement