इलाम / आसन्न इलाम २ को उप-निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उप निर्वाचनमा लक्ष्मी गुरूङ लाई उम्मेदवार बनाउने निर्णय गरे संगै इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङको चर्चा धेरै हुन् थालेको छ !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भएको छ !
गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरे संगै इलामका चोक बजारमा उनको चर्चा बढ्न थालेको हो !
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए। उनी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष सम्मेत् हुन्।
प्रतिक्रिया दिनुहोस्