१० पुस २०८०
कनकाई

किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरी यसवर्ष पनि पुर्वका किरात समुदायहरुले भव्य रुपले मनाएका छ्न। किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाएका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् ।
यसैबीच
झापाको बुद्धशान्तिमा पनि किरात राई समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएका छ्न। बुद्धशान्ति गाउपालिकामा बुद्धशान्तिवडा न १,२ र ३ किरात राई यायोक्खा सयुक्त समितिका अध्यक्ष हरि राई को सभापत्तित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा जिल्ला सदस्य गौरीमान चाम्लिङ राईको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाम्लिङ राईले हरेक समुदायले आ- आफ्नो परम्परा अनुसार पर्वहरु मनाउने गरिन्छ।आफ्नो कला सस्कृती रितिरिवाज जोगाईराख्नु आजको आवश्यकता रहेको पनि बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष राईले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि (न्वागी पूजा) गरि अर्थात् उद्यौली पर्व मनाउने गरेको बताउनुभयो ।

कार्यक्रमको अवसरमा जेष्ठ बुवा मोहन राई जेष्ठ आमा मोहनमाया राई साकेला थान मन्दिर निर्माण समितिका अध्यक्ष लालबहादुर राईलाई सम्मान पत्र तथा दोसल्ला बाट सम्मान समेत गरिएको थियोे ।

बुद्धशान्तिमा वडा न ३ का वडा सदस्य तिलक रिजाल,बुद्धशान्तिमा स्थित आदर्श सामुदायिक वनउपभोक्ता समितिका उपाध्यक्ष खगेन्द्र आचार्य , बुद्धशान्ति ४ प्रा.स . का स सचिब प्रिजल राई , अर्जुधारा प्रा. स. का सम्योजक शिब कुमार राई लालबहादुर राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै सन्चार्कर्मी भारती राईले आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःखयीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहि आएको बताउनुभएको थियोे ।

बुद्धशान्तिवडा न १,२ र ३ किरात राई यायोक्खा सयुक्त समितिका उपाध्यक्ष युवराज राईले स्वागत गरेको कार्यक्रमको सन्चालन समितीका सचिब पदम राईले गर्नुभएको थियो ।