Advertisement

नेकपा एमालेका पुराना कार्यकर्ता र मोरङ निवासी स्थापित व्यवसायी प्रेम सुवेदी र प्रमेश सुवेदीले आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी दाजुभाइलाई स्वागत गरेका हुन्।

लिङ्देनले सुवेदी दाजुभाइलाई राप्रपामा स्वागत गर्दै, पार्टीको विकासमा उहाँहरुको भूमिका महत्वपूर्ण हुने आशा व्यक्त गरे। “सुवेदी दाजुभाइको आगमनले राप्रपामा नयाँ ऊर्जा थपिनेछ,” लिङ्देनले भने, “उहाँहरुका दीर्घकालीन राजनीतिक अनुभव र व्यवसायिक कुशलताले पार्टीलाई सुदृढ बनाउनेछ र हाम्रो संगठनलाई थप उचाईमा पुर्‍याउनेछ।”

सुवेदी दाजुभाइले एमालेमा लामो समयदेखि सक्रिय भई विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, पछिल्लो समय पार्टीको विचारधारा र कार्यशैलीसँग असन्तुष्टि जनाउँदै राप्रपाको नीतिहरुमा विश्वास राखी राप्रपामा समाहित भएको  उनीहरुले बताइएका छन् !

राप्रपाले सुवेदी दाजुभाइको प्रवेशलाई पार्टीका लागि सकारात्मक अवसरका रुपमा हेरेको छ। अध्यक्ष लिङ्देनले भने, “राप्रपा सबैलाई समेटेर अगाडि बढ्ने नीति लिएको पार्टी हो, जसले गर्दा अनुभवी र प्रतिबद्ध नेताहरु हाम्रो पार्टीमा आकर्षित भई रहेका छन्।”

Advertisement

सुवेदी दाजुभाइले राप्रपामा आफूलाई नयाँ यात्रा सुरु गरेको भन्दै, देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी राप्रपामा आउन पाउँदा गर्व महसुस गरेका छौं, र पार्टीको सफलताका लागि सक्दो योगदान गर्नेछौं,”  उनीहरुले भने।

Advertisement