Advertisement

बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार भएका कनकाई– ५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ बजे बाह्रदशीको चकचकीबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

हिजो बिहान अन्दाजी ११ बजेको समयमा कनकाई– ५ चप्रामारीस्थित भित्री कच्ची सडक खण्डमा मियाले चलाएको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने विनोद पाठकका ७ वर्षीय छोरा सोहनलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्ता सिटी अस्पताल पठाएकोमा अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल चालक मिया फरार भएका थिए । मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

Advertisement