Advertisement

कनकाई नगरपालिकाले भुमिकर, मालपोत कर बढाएको तथा राज्यले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको धनीपुर्जाका लागि चर्को मुल्य असुलेको भन्दै यहाँस्थित स्वतन्त्र नागरिक सम्पादन समुह कनकाईको आयोजनामा बिरोध कार्यक्रमको आयोजना गरिएको छ ।


नगरपालिकाले कर बढाएको, सुकुम्बासीलाई निशुल्क धनीपुर्जा दे, लगायातका प्लेकार्ड र नाराजुलुस सहितको र्यालीले सुरुङ्गा बजार परिक्रममा गरेको थियो । आयोजित कोणसभामा स्वतन्त्र नागरिक सम्पादन समुहका नेता तथा साविक सुरुङ्गा गाविसका अध्यक्ष भीमप्रसाद अधिकारीले जग्गाको कर तिर्नका लागि जग्गै बिक्रीगर्नुपने अवस्थाको श्रृजना गरेको भन्दै कर नघटाए र जनविरोधी कार्यहरुलाई नरोकेमा हज्जारौ जनताले नगरपालिका घेर्ने चेतावनी दिनुभयो । नगरपालिकाको गतिविधिले नगरवाशीलाई कनकाई नगरपालिकामा नबस भन्ने गरेको जस्तो भएको भन्दै नगरपालिकाका जनप्रतिनिधिलाई धनीपुर्जानै पास गरेर दिएको जस्तो जनविरोधी हर्कत देखाउन थालिसकेका बताउँनुभयो ।

यता स्वतन्त्र नागरिक सम्पादन समुहका संयोजक शेरबहादुर थापाले कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुको गतिविधि जनताप्रति जनउत्तरदायी हुन नसकेको बताउँनुभयो । असिना पानीले पिडित कृषकहरुको लागत संकलन भन्दै नगरपालिकाले लगत संकलन गर्न खर्च गरेको तर कृषकलाई केहिपनि दिन नसकेको भन्दै जनतालाई समस्या परेको बेला सहयोग नगरेको बताउँनुभयो । धनीपुर्जा प्रदान गर्दा कम भन्दा कम मुल्य तोकेर धनीपुर्जा बितरण गरिनुपर्ने थापाको भनाई रहेको छ ।

Advertisement