हल्दिबारी/ झापाको हल्दिबारी गाउपालिकाले एसियाली खेलकुदमा नेपालका लागि पोहिलो पदक दिलाउने समुहकि हल्दिबारी वडा ३ कि अनुजा कुलुंग राई लाई आज नगद सहित सम्मान गरेको छ

नेपाली कबड्डी टोलीले सरकारबाट प्राथमिकता नपाउँदा निकै कष्ट गरेर तयारी गरेको थियो । पछिल्लो एक महिना भारतको हरियाणा पुगेर धर्मशालामा प्रशिक्षण गरेको टोली नेपालका लागि पहिलो एसियाली खेलकुद सहभागितामै पदक जित्न सफल भएको हो ।

हल्दिबारी वडा नं १ गोल्धाप् बजारमा वडा दशैँ २०८० सालको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान ,पुनर्मिलन एवम सास्कृतिक कार्यक्रम महानवमी मेलाको अवसरमा गाउपालिकाले सम्मान कार्यक्रमको आयोजना राखी सम्मान गरेको हो

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री मननीय संसद राजेन्द्र प्रसाद लिङ्देनले अनुझा कुलुंग राई लाई खादा,अबिर लगाई सम्मान पत्र प्रधान गर्नु भएको थियो,भने नगद ४५,००० हजार सहित गाउपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मी देवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र ) ले उक्त ४५,००० हजारको चेक गाउपालिका को तर्फ बाट हस्तान्तरण गर्नु भएको थियो

कार्यक्रममा हल्दिबारी गाउपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,प्रमुख प्रशासकीय अधिकृत मान ब. वन (महेन्द्र ) लगायत हल्दिबारीका सम्पुर्ण वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्यहरु लगायतको सहभागितामा सम्मान कार्यक्रम समापन भएको हो भने कार्यक्रम संचालन गाउपालिका कर्मचारी गुनासो सुन्ने अधिकारी राजन नेउपानेले गर्नु भएको थियो