झापा/ झापाको हल्दिबारी गाउपालिका वडा नम्बर -४ मा रहेको कृष्णसागर अंग्रेजी विद्यालयले हल्दिबारीमा आफ्नो छुटै पहिचान बनाउन सुरु गरेको छ।

आज तमु ल्होसारको अवसरमा कृष्णसागर विद्यालयले विद्यार्थीको लागि विज्ञान दर्शन प्रदर्शनी र प्लानेटरिएम सम्बन्धि आज एक कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा कक्षा १ देखि ७ सम्मका विद्यार्थी लाई प्ल्यानेटरिएम डोम शो,विद्यार्थी लाई ब्यक्तितो विकास र (भर्चुअल रियालिटी ) शो जसमा विद्यार्थीहरुले (भिआर ) ग्लास लगाई भर्चुअल टुर गराएको थियो ।

व्यक्तित्व विकास साथै विज्ञान तथा खगोलशास्त्र सम्बन्धी शिक्षा दिने उद्देश्यले एक दिवसीय ज्ञानवर्धक र शिक्षामूलक कार्यक्रम सम्पन्न गरेको कृष्णसागर विद्यालयले जानकारी दिएको छ।

यस बिद्यालयले अन्य नयाँ नयाँ कार्यक्रमहरु पनि ल्याउने गरेको छ जस्मा यस बिद्यालयले आफ्नो विद्यार्थीहरुलाइ पहिला मैम बत्ती बनाउन सिकाइको थियो भने हाल भर्खरै देखि कृष्णसागर दर्पण नामक समाचार बाचन विद्यार्थीहरुलाइ नै सिकाइ सुरु गरेको र त्यति मात्र नभएर यस बिद्यालयले हाल ओर्गानिक आलु चिप्स चाडै नै ल्याउन लागेको कृष्णसागर अंग्रेजी विद्यालय बाट जानकारी प्राप्त भएको छ।