Advertisement

त्रिभुवन विश्वविध्यालय अन्तर्गत कृषि र पशु बिज्ञान अध्य्यन संस्थाको स्थापना सन् १९५९ मा रामपुर,चितवनमा भएको थियो।यस अध्य्यन संस्थाले सन् १९७५ मा लमजुङ कृषि क्याम्पस ,सन् १९७८ मा पख्लिहवा कृषि क्याम्पस र सन् २०१७मा गौरादह कृषि क्याम्पस आगिंक क्याम्पसका रूपमा स्थापना गरेको छ।त्यस्तै यस अध्य्यन संस्थाको दाङ,बैतडी,इलाम र लमजुङमा गरि अन्य ५ सम्बन्ध प्राप्त क्याम्पस पनि रहेका छ्न।

तर यस अध्य्यन संस्था प्रति विद्यार्थीको घट्दो आकर्षणका कारण अहिले यिनै स्थापित क्याम्पसका कोटा रिक्त हुन सक्ने स्थिति देखिएको छ।यस बर्ष यस अध्य्यन संस्थाले २०८० कार्तिक १६ देखि मङ्सिर १७ खोलिएको Bsc.Ag/Hort. एवं B.V.Sc.&A.H स्नातक तहमा भर्ना सम्बन्धि सूचनामा आवेदन दिने विद्यार्थीको संख्या कम भएपछि ,पुर्न आवेदन दिने मिति मङ्सिर ३० सम्म सारिएको थियो ।

कुनै समय सरकारी कोटामा नाम निकालेर पढ्न गाह्रो हुने यस अध्य्यन संस्थामा प्रत्येक बर्ष आवेदन दिने विद्यार्थीको संख्या कम हुनु चिन्ताको विषय बनेको छ।परिक्षा समयमा नहुनु,नतिजा समयमा निकाल्न नसक्नुको कारण निर्धारित समयमा विद्यार्थी उत्तीर्ण गराउन नसक्नु,विभिन्न पदमा राजनीतिक भागबन्डा हुनु नै यस् अध्य्यन संस्थाको प्रमुख कमजोरी रहेको छ।त्य्सतै गरि सरकारले स्नातक उत्तीर्ण भएका विद्यार्थीहरुको उचित व्यवस्थापन गर्न नसक्नु,बढ्दो वैदेशिक आकर्षण आदि कारणले विद्यार्थी संख्या घट्दै गएको अनुमान गर्न सकिन्छ।
त्य्सैले सरकार,त्रि.वि र यस् अध्य्यन संस्थाले यस विषयमा समयमा नै ध्यान नपुर्‍याए ,यस अध्य्यन संस्था नै धरापमा पर्ने निश्चित देखिन्छ।

स्वर्णिम अधिकारी अधिकारी हाल गौरादह कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी साथै स्व.वि.यु सदस्य हुन् l

Advertisement