Advertisement

झापा । झापामा चार्जमा राखेको फोन उठाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गौरीगन्ज गाउँपालिका–१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । 

शुक्रबार दिउँसो ३ बजे खेतमा काम गरेर घर फर्कनुभएकी सिलाले फोन आएपछि मोबाइल उठाउँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका  अनुसार करेन्ट लागेर सिलाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Advertisement