जन्मदिनको अवसरमा देखावटी गर्न बढी आकर्षण हुने समाजमा केहि यस्ता पात्रहरू छन् जो आफ्नो जन्मदिन सरल रूपले मनाउन बढी आनन्दित हुन्छन् l झापा, गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष यसको एक ज्वलन्त उदाहरण नै हुन् l

जन्मदिनको उपलक्ष्यमा कोसेली बोकेर गौरीगन्ज – ५ का दुई क्यान्सर पीडित आमाको अवस्था बुझ्न पुगेकी थिइन् ऊनी l आर्थिक अवस्था नाजुक भएको कारण उपचार गर्न नपाएका र उपचार गर्दा पनि निको नहुने अवस्थामा पुग्नुभएको दुई वृद्ध आमालाई भेट्न ऊनी घर नै पुगेकी थिईन l केहि दिन अघि मात्रै गौरीगन्ज वडा न. ५ का वडा अध्यक्षले आमाहरूको अवस्था बारे उपाध्यक्ष सँग सबै मिलि सहयोग गर्ने सल्लाह गरेका थिए । उपाध्यक्ष सहित वडाका वडाध्यक्ष घराआगनीमा पुगि दुखमा साथ दिई सहानुभूति दिएका थिए ।

सरल रूपले जन्मदिनमा रमाउँन अब्बल ऊनी असाहय दुखीको घर आगनीमा पुगि हरेक जन्मदिन मनाउने उनको चाहान रहेको ऊनी बताउछिन् ।