टिकाराम बास्तोला /झापाका ग्रामीण भेगका कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।  

झापाको बाह्रदशी -१ घेराबारी पुग्दा यहाँका किसानले मकै लगायत अन्यबालीको बिस्कुन सडकमै सुकौदै गरेको देखिएको थियो । हिजोआज झापा जिल्लाको बाह्रदशी, गौरिगंज ,झापा र कचंनकवल लगायत क्षेत्रमा किसानले सडकमै मकैको बिस्कुन सुकाएको देखिन्छ। 

बाह्रदशी देखि घेराबारी सम्म जाने सडक खण्ड मा धेरै जसो मकै सुकाउने गरेका छन् ! यो सडक केहि दिन अगाडी मात्र कालोपत्रे सम्पन्न भएको थियो ! कालोपत्रे सम्पन्न हुन् साथ् पिच मा मकै सुकौदै आएका छन् !

बाह्रदशी गाउपालिका -१ घेराबारीका किसानले राम्रोसँग सुक्ने भएकाले अन्नबाली सडकमै सुकाउने गरेको बताउनुभयो। “एकैपटक भित्याएको बाली त्रिपाल र गुन्द्रीमा सुकाएर साध्य हुँदैन्, त्यसैले सडकमै फिँजाएर बिस्कुन हाल्ने हो,”,“सडकमा सुकाएको अन्नबाली त्यहीँबाट व्यापारीले किनेर लान्छन, घरमा ल्याइरहनु पनि पर्दैन्।” एक जना किसान ले भने

यो वर्ष रोपेको हाइब्रिड (वर्णसङ्कर) जातको मकै खेत छेउकै सडकमा सुकाएर बेचिसक्नुभएको छ। किसानले सुकाएको अन्नबालीको बिस्कुनले आधा सडक नै ढाक्ने गरेको छ। 

बाह्रदाशीका एकसुरक्षा अधिकारीले रातको समयमा समेत सडकमै बिस्कुन छाड्दा जोखिम बढेको बताउनुभयो। “राति गस्ती गर्दै जाँदा ठाउँ–ठाउँमा आधा सडक ढाक्ने गरी मकै सुकाएको भेटिन्छ,” ती सुरक्षा अधिकारीले भन्नुभयो, “यसले त गम्भीर किसिमको सवारी दुर्घटना निम्त्याउन सक्छ।”

आधा सडक ढाक्ने गरी बिस्कुन सुकाएर छेउमा ढुङ्गा र काठले घेर्ने गरिन्छ। त्यो मात्र होइन सडक खण्ड मा गाई बस्तु सम्मत जथाभावी छोडेको देखिएको छ ! भित्री सडकमा यसरी जथाभावी बिस्कुन सुकाउने कार्य , र गाई बस्तु जथाभावी राख्न रोक्न स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन्।