बिर्तामोड/ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ ।आज बिहान ११:३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहालको मृत्यु भएको हो !उनलाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो ।
सर्पले डसेर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साभार :झापा टुडे डटकम
प्रतिक्रिया दिनुहोस्