झापा /झापाको हल्दिबारी गाउपालिका वडा नम्बर ४ मा डेंगी रोग रोकथाम तथा खोज तथा नष्ट कार्यक्रम सम्पन्न भएको छ !
डेङ्गी सङ्क्रमितको सङ्ख्या तिव्र रुपमा बढेपछि झापाको हल्दिबारी -४ डेङ्गी नियन्त्रण अभियानमा जुटेको हो । डेंगी रोग नियन्त्रण र रोकथामका लागि लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने क्रममा आज बडावारी बजार वरीपरी डेंगु सार्ने लाम्खुट्टे हुन सक्ने स्थान वरिपरी सरसफाई तथा जनस्तरमा यसको संक्रमण फैलन नदिन अपनाउन पर्ने सावधानीका बारेमा जानकारी गराईएको थियो।
डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न, खुल्ला ठाउँमा पानी भरेर नराख्न र खाल्डाखुल्डीमा जमेको पानी हटाउँदा संक्रमण फैलिने सम्भावना कम हुने जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादवले बताएका छन् ! यसैगरी वडा अध्यक्ष थापाले वडाका सबै टोलटोलमा सचेतना कार्यक्रम गरिने बताउनु भएको भएको छ !
हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भगिरथा दाहाल, जलथल स्वास्थ्य चौकी का इन्चार्ज माधव प्रसाद यादव, जलथल प्रहरी चौकी का इन्चार्ज देवेन्द्रराज आङदेम्बे साथै स्वास्थ्यकर्मीहरु, शिक्षक, संचारकर्मी सहित टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । यसपालि सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्