Advertisement

बिर्तामोड झापा / झापाको शिवसताक्षी नगरपालिका वडा नं.९ मिलन चोक स्थित पूर्व पश्चिम राजमार्गको उत्तर तर्फ रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा दुई व्यक्तिहरूलाई ठगी गर्ने प्रयासमा पक्राउ गरिएको छ। 

ताप्लेजुङ जिल्लाका पदम बहादुर विश्वकर्मा र राम लिम्बुले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं.५ स्थित पाथीभरा ज्वेलर्सका मान बहादुर बि.क.लाई बिना बिलबिजकको ७०० ग्राम सुन जस्तो देखिने धातु बेच्न लागेको सूचना प्राप्त भएको थियो। इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीको टोलीले राम लिम्बुलाई पक्राउ गर्दा उनको झोलामा १ के.जी १९० ग्राम तौल भएको सुन जस्तो देखिने धातु, फलामको मार्तोल, र विभिन्न सुन चाँदी पसलका बिल तथा भिजिटिङ कार्डहरू फेला पारे। पदम बहादुर विश्वकर्मा भने भाग्न सफल भए, तर पछि अर्जुनधारा नगरपालिका वडा नं. ११ पतलीझोडा स्थितमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ ! 

दुवैलाई ठगी कसुरमा झापा जिल्ला अदालतमा पेश गरि ५ दिनको म्याद थप गरिएको छ। अनुसन्धानका क्रममा राम लिम्बु यसअघि कर्तव्य ज्यान मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरेको खुलेको छ।

Advertisement