Advertisement

नमुना बाल क्लव द्वारा राहत वितरण कार्यक्रम सम्पन्न गत मिति २०८० पाैष १४ गते शनिबारको दिन कन्काई नगरपालिका वडा नं ३ काे नमुना टाेलमा अवस्थित श्री शिव पञ्चायन मन्दिर तथा सामुदायिक भवनमा गठन भएको नमुना बाल क्लवकाे अध्यक्ष सरु मगरकाे अध्यक्षतामा नमुना बाल क्लव द्वारा राहत वितरण कार्यक्रम सम्पन्न भयो भएको छ ।


उक्त कार्यक्रममा श्री हरिकुल नमुना विद्यालयकाे संचालक एवम व्यवस्थापन समितीको अध्यक्ष डा. गृशा रवल थापा (six daughters foundation) + राजु थापा ज्यूले प्रायाेजन गर्नु भएको थियो । जसमा सामाग्रीहरु ३० जना बिपन्न परिवारका बालबलिकाहरुलाई स्कुलले जुत्ता साथै १० जना मजदुर महिला र १५ जना वृद्ध आमाहरुलाई तातो न्यानो पास्मिनाको ओढ्ने वितरण गर्नु भएको हो ।


त्यस्तै कार्यक्रममा समाज सेवी युवाराज सँङगौलाले २ हजार बराबरको बिपन्न वर्गका बालबालिकाहरू लाई मोजा प्रायाेजन गर्नु भएको थियाे । कार्यक्रममा उपस्तिथि हुन नसके पनि उहाँले यस कार्यक्रममा सहयोज पुर्याउनु भएको थियाे। कार्यक्रममा कन्काई नगरपालिका वार्ड न.३ का वाडा अध्यक्ष युवाराज चौलागाई बिषेश अथितीको रुपमा उपस्तिथि भई नमुना बाल क्लवलाई एक थान ब्यामिन्टन ,एक थान फुटबलका साथै दुई थान skipping बालबालिकाहरुको शारिरिक विकासको लागि नमुना समुदाय स्तर बाल क्लवलाई हस्तान्तरण गर्नु भयो। कार्यक्रममा प्रमुख अथितीको रुपमा कन्काई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी पाल्नु भएको थियो ।

जस्मा उहाँले नमुना बाल क्लबले आयोजना गरेको कार्यक्रमकाे प्रशंसा गर्दै आगमी दिनमा पनि यस्तै सन्देश मुलक, सेवा मुलक कार्यक्रम गर्नको लागि प्रोत्साहान स्वरुप नमुना बाल क्लवको कोष मा ११ हजार १ सय १५ रुपैयाँ नमुना बाल क्लवको कोषाध्यक्ष मौसाम खड्कालाई हस्तान्तरण गर्नु भयो थियाे। यस कार्यक्रमकाे मुख्य प्रायाेजक डा.गृशा रवल थापा + राजु थापा ज्यूले आगमी दिनमा पनि यस्तै कार्यक्रममा साथदिने प्रतिबद्धताको जायर गर्नु भएकाे छ । कार्यक्रमले अभावमा रहेकाहरुका लागि केही सहयाेग पुर्याएकाे भन्ने कुरामा आफू विस्वस्त रहेको भन्दै कार्यक्रमकाे सभापति सविन बिष्टकाे मन्तव्य काे साथ कार्यक्रम समापन भएको थियोे ।

Advertisement