Advertisement

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सञ्चालक र प्रशिक्षक तथा कर्मचारीबिच सहमति भएको छ ।

आइतबार प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक तथा कर्मचारीहरु बिच ६ बुँदे सहमति भएको हो । सहमति पश्चात प्रतिष्ठानमा देखिएको गतिरोध अन्त्य भएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए ।

उनीहरु बिच हालसम्म प्रशिक्षक तथा कर्मचारीले असार मसान्तसम्म पाउनुपर्ने भुक्तानी साउन १६ गतेसम्म भुक्तानी दिने, प्रतिष्ठान र प्रशिक्षक तथा कर्मचारीबिच गत जेठ ८ र २७ गते भएको सम्झौता बिनाशर्त पूणर्रुपमा कार्यान्वयन गर्ने, प्रशिक्षक तथा कर्मचारीहरुले प्रतिष्ठानको आचारसंहिता भित्र रहि नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने लगायत सहमति भएको हो ।

सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष दर्लामी र सहसचिव शिवकुमार राजभण्डारी तथा प्रशिक्षक/कर्मचारीको तर्फबाट नविनकिशोर विमली, सुधिरकुमार दास र पवनकुमार भट्टराई लगायतले हस्ताक्षर गरेका छन् ।

Advertisement