झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित बिर्ता बजारमा जंगली हात्ती प्रवेश गरी क्षति पुर्‍याएको छ। गए राति करिब १२ बजे अचानक हात्ती बजार छेउको माझि बस्तीमा पसेको हो।

स्थानीयका अनुसार अनारमनी पब्लिक क्याम्पस परिसर र एक टहरो घरमा हात्तीले क्षति पुर्याएको छ। पाता टिनले बनाइएको उक्त टहरो घर हात्तीको आक्रमणले पूर्ण रूपमा ढलेको छ।

करिब पाँच वर्षअघि पनि यसैगरी हात्ती बिर्ता बजारमा पसेको थियो। त्यसपछि अहिले पुनः हात्ती पसेको हो।

घर धनि मनिका माझि भन्छन “हामी निकै डरायौं, राति नै प्रहरीलाई खबर गर्‍यौं,” माझिले भने, “सौभाग्यले ठूलो मानवीय क्षति भएन, तर संरचनागत क्षति भने धेरै छ।”

यसैगरि अनारमनि पब्लिक क्याम्पसको अगाडि प्रवेस द्वाराको फलामको गेट सम्मेत हात्तिले क्षेति गरेको अनारमनि पब्किल क्याम्पस प्रमुखले बताएका छन ।