टिकाराम बास्तोला/सोर्‍ह श्राद्द्को पावन अवसरमा सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण आज बाट आयोजना हुने भएको छ ।हल्दिबारी गाउँपालिका वडा नं।४ जलथल बडाबारीमा श्रीमद्भागवत महापुराणको कलशयात्रा सम्पन्न गरि आज बाट कथा सुरु भएको छ

श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा श्रीमद्भागवत महापुराण तथा १८ पुराण अन्तर्गत भविष्य पुराण ज्ञान महायज्ञ आज बाट असोज २६ गते सम्म आयोजना हुन् लागेको होअध्यक्ष सिताराम कोईरलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी,क्षेत्र नं ३ प्रदेश ख माननीय सांसद छबिलाल चुडाल,विशिष्ट अतिथी,रबिन्द्र प्रसाद लिङ्देन, लक्ष्मी देबि मैनाली,बिशेष अतिथीहरुमा वडा नं १ अध्यक्ष देबि बहादुर थापा, वडा नं ०४ अध्यक्ष शन्त कुमार थापा,अतिथी : वडा सदस्य भगिरथा दाहाल, प्रकाश कुमार कार्की ,अतिथी ,पाथिभरा पर्यटकिय क्षेत्र का संस्थापक अध्यक्ष श्री श्रीप्रसाद बार्‍हकोटी , निवर्तमान अध्यक्ष रेम प्रसाद खरेल, पुर्व अध्यक्ष लखन हेमरम, हरिस चन्द्र बाबा लगायत विभिन्न किर्तन मण्डली , धार्मिक संघसंस्था को बृहत् उपस्तिथि रहेको थियो।

कार्यक्रम संचालक, संथाका सचिब अनिल चौहानले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष योगेश कार्कीले गरेका थिए।कार्यक्रम को औचित्य माथी प्रकाश,संस्थाका अध्यक्ष जय प्रसाद पोखरेलले गरेका थिए भने मन्तव्यमा श्री प्रसाद बार्‍हकोटी, शन्त कुमार थापा, देबि बहादुर थापा, रबिन्द्र प्रसाद लिङ्देन, र छबिलाल चुडाल लगायतले राखेका थिए।

महापुराणमा  कथा वाचक युवा पण्डित श्री सुदिप कौशिक ढुङ्गाना को मुखाराविन्दबाट अमृतमय वाणी र उपवाचक युबा पण्डित श्री बिकास निरौला हल्दिबारी गाउँपालिका वडा नं ४ जलथल बडाबारीमा भारद्वार  बाट दैनिक पाठपारायण साथै कलाकारहरुबाट संगितमय भजन किर्तन गरिने समितिले बताएको छ।सोर्‍ह श्राद्द्को पावन अवसरमा  सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण आज बाट आयोजना हुने भएको छ ।

कलश यात्रा आज २०८०/०६/१३ गते ९ बिहान , मिति २०८०र०६र१४ देखि २५ गते सम्म स्( ३ बिहान ७स्३० देखि ८स्३० सम्म दैनिक मण्डप पुजा ।बिहान ८स्३० देखि १०स्३० सम्म पाठपारायण,बिहान १०स्३० देखि दिउँसो २स्०० बजे सम्म संगितमय कथा बाचन १ बेलुकी ७स्०० बजे देखि ९स्३० बजे सम्म महात्मे, धार्मिक ,प्रवचन, भजन किर्तन साथै ज्ञानमन्च ।२०८०र०६र२५ गते  साँझ ६स्३० बजे लक्ष्यवर्ती प्रज्वलन,२०८०र०६र२६ गते पूर्णआहुती, तिलक पाती प्रसाद बितरण तथा समापन समारोह हुने पुराण आयोजक समितिले बताएको छ ।