Advertisement

टिकाराम बास्तोला/सोर्हस श्राद्द्को पावन अवसरमा सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण हल्दिबारी गाउँपालिका वडा नं ४ जलथल बडाबारीको पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा आयोजना भइरहेको छ ।

श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा श्रीमद्भागवत महापुराण तथा १८ पुराण अन्तर्गत भविष्य पुराण ज्ञान महायज्ञ यहि असोज २६ गते सम्म आयोजना गरिने आयोजक समितिले बिर्तामोड झापा डट कम लाई बताएको छ ।

महापुराणमा कथा वाचक युवा पण्डित श्री सुदिप कौशिक ढुङ्गानाको मुखाराविन्दबाट अमृतमय वाणी र उपवाचक युबा पण्डित श्री बिकास निरौला भारद्वार बाट दैनिक पाठपारायण साथै कलाकारहरुबाट संगितमय भजन किर्तन सम्मत भैरहेको समितिले बताएको छ।सोर्ह  श्राद्द्को पावन अवसरमा  सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण आयोजना हरिएको आयोजक समितिले जानकारी गराएको छ । २६ गते पूर्णआहुती, तिलक पाती प्रसाद बितरण तथा समापन समारोह हुने पुराण आयोजक समितिले बताएको ।

Advertisement