Advertisement

अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि गौरादह नगरपालिका र करूणा फाउण्डेसन नेपाल, बालुवाटार, काठमाडौं बिच एक कार्यक्रम गरि सम्झौता भएको छ ।

कार्यक्रम पालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने गरी पालिकामा वि.सं. २०८१/०४/०१ बाट सुरू भर्इ २०८४/०३/३२ सम्म सञ्चालन हुनेछ। कोशी प्रदेशको झापाको सम्पूर्ण पालिकाहरुमा संचालन हुने कार्यक्रमको सम्झौता अवधि तिन बर्ष हुनेछ भने कार्यक्रमका लागि निर्देशिकामा भएको व्यवस्था बमोजिम पहिलो दुई वर्षसम्म साझेदार संस्थाले मन्त्रालय र पालिकासँगै एक/एक तिहाई लागत साझेदारी गर्नेछ। कार्यक्रम सञ्चालनको तेस्रो वर्षमा भने पालिकाले मन्त्रालयसँग लागत साझेदारी गर्नेछ । साझेदार संस्थाले कार्यक्रम सञ्चालनका लागि पालिकालाई प्राविधिक सहयोग उपलब्ध गराउने छ । यस आर्थिक वर्सका लागि करिब ८२ लाख बराबरको बजेट प्रस्ताब गरिएको छ ।

उक्त सम्झौता कार्यक्रम गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुबेदी र करुणा फाउन्डेसन नेपालका कार्यकारी निर्देसक दिपक राज सापकोटा ज्यु ले सम्झौता पत्र मा हस्ताक्षर गरेर सम्पन्न भएको छ । उक्त सम्झौता कार्यक्रममा पालिकाको उपप्रमुख जलबर्षा राजबंशी , प्रमुख प्रशासकिय अधिकृत युवराज खतिवडा, गौरादह अस्पतालका प्रमुख , अपाङ्गता नगर समितिका पत्रिनिधि , करुणा फाउन्डेसन नेपालका बरिस्ठ कार्यक्रम अधिकृत बिक्रम कोइराला, बिभिन्न शाखा प्रमुखहरु उपस्थिति रहेको पालिका संयोजक सुशील राजभरले जानकारी दिएका छन् । उक्त कार्यक्रम मार्फत हरेक नवजात शिशुमा जन्मदोष परिक्षण गरी जन्मदोष पहिचान भएका शिशुहरूको स्वास्थोपचार, विद्यालयमा रहेका १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य परिक्षण र व्यवस्थापन लगायतका रोकथामका कृयाकलापहरू सञ्चालन गर्नुका साथै यस पालिका भित्र रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, शसक्तिकरण र सामाजिकिकरणका क्षेत्रमा आवश्यक सहयोग प्रदान गरिनेछ । यसका अतिरिक्त पहिचान भएका सबै अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्रका साथै राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाका योजनाहरूमा पहुँच विस्तार गरिनेछ ।

Advertisement