टिकाराम बास्तोला / झापाको कचनकवल १ मा रहेको पिण्डलबारी क्षेत्रमा एक हप्ताबाट बिजुलीको पोल ढल्काएपछी उक्त क्षेत्रमा  रहेको विद्युत अवरोध भएकाले गाउँवासीले अध्यारोमा रात बिताउनु परेको छ्!

बिरिङ खोलामा आएको हालैको बाढीले बिजुलीको पोल ढलिदिएको छ ,जसका कारण गाउँभरि बिजुली अवरोध भएको छ।

यस समस्याको समाधानका लागि माननीय राजेन्द्र लिङ्देनले प्राविधिक टोलीसहित घटनास्थलको निरीक्षण गरेका छन्। यसले गर्दा बालबालिका, वृद्धवृद्धा र विद्यार्थीहरूलाई बढी असर परेको छ।

स्थानीय बासिन्दाहरूले समस्या समाधानका लागि सम्बन्धित विद्युत् प्राधिकरण र स्थानिय निकायलाई पटकपटक जानकारी गराएका थिए! तर समस्या समाधान हुन सकेको थिएन्!

एक स्थानीय बासिन्दाको अनुसार, “हामीले धेरै पटक सम्बन्धित कार्यालयमा गुनासो गरेका छौं तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। यस समस्याले गर्दा हाम्रा दैनिक क्रियाकलापहरू प्रभावित भएका छन्।”

गाउँवासीहरूले तत्काल समस्या समाधानको लागि अनुरोध गरेका छन् भने प्राविधिक टोलीले [भोलि] बुधबार नै बिजुली सेवा पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

लिङ्देनले यस समस्याको तत्काल समाधानको लागि अतिरिक्त स्रोत र उपकरणको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

विद्युत् प्राधिकरणका अधिकारीहरूले यस समस्या समाधानका लागि काम भइरहेको बताएका छन्। उनीहरूका अनुसार, “हामीले समस्या समाधान गर्न टिम पठाएका छौं र चाँडोभन्दा चाँडो बिजुली आपूर्ति पुनःस्थापना गर्ने प्रयासमा छौं।”

यस घटनाले स्थानिय बासिन्दाहरूको दैनिकीमा ठूलो असर परेको छ।