Advertisement

बिर्तामोड ।  नेपालभरका चलचित्र हलमा ‘एक भागवत गीता’ प्रदर्शनमा आएपछि दर्शकको बाक्लो उपस्थिति देखिएको छ ।

भदौ २९ गतेबाट रिलिज भएको चलचित्र बिर्तामोडका  हलहरुमा समेत खचाखच भीडसहित प्रदर्शन भईरहेको हो ।

बिर्तामोडका दुई हलमा चलचित्र, ‘एक भागवत गीता’ प्रदर्शनमा रहेको छ । क्यूएफएक्स र पाथिभारा सिनि प्ल्याजा सिनेमा हलमा प्रदर्शन भईरहेको छ ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रले यौनिक तथा लैंगिक अल्पसंख्यकको अवस्था झल्काएको छ । यसैगरी उनीहरुलाई समाजले कसरी स्वीकार गर्छ भन्ने विषय देखाइएको छ । यो चलचित्र मिथिला र पोखराको प्राङ्गणमा छायाँकन गरिएको हो ।

Advertisement

चलचित्रले झिझियालगायत मिथलाका अन्य संस्कृतिलाई समेत समेटेको छ । चलचित्रमा मधेश र पहाडलाई जोड्ने कोशिस गरीएको छ । चलचित्र हेर्न जाँदा मिथिलाबासीले नेपाली भाषा बुझ्न समस्या हुने र पहाडी समुदायका दर्शकलाई मैथिली भाषा बुझ्न समस्या हुन्छ । यो चलचित्रमा भने मैथिली र नेपाली भाषा प्रयोग भको छ । जसले गर्दा सबैतिरका दर्शकलाई सहज मानिएको छ ।

चलचित्रका कलकार सुहाना थापाले गीताको भूमिका निर्वाह गरेकी छिन् । दर्शकले एकदमै रुचाएको पात्र बिपिन कार्कीको ‘कमला माई’ को भूमिकामा छन् । चलचित्रले छोरी जन्मदा गरीने हेला र छोराले महिलाले लगाउने श्रृगार लगाउँदा छोरा मान्छेको आयु घट्छ भनेर सोच्ने जस्ता विकृत मानसिकतालाई देखाएको छ ।

Advertisement