टिकाराम बास्तोला / बिर्तामोडका १८ वर्षिय एलिसले खाना खुवाएर आफ्नो जन्मदिन वृद्ध आश्रममा मनाएका छन् ।
बिर्तामोड ४ – का एलिस प्रसाईले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार बिर्तामोड नगरपालिका–४ स्थित गुरु प्रसाद दिकमाया फाउन्डेसनमा रहेका वृद्ध आमाबुबा लाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएक हुन् !आश्रम संगै बिर्तामोड चारमा रहेको तारा नमस्तेबाल आश्रममा फलफुल वितरण गरेर जन्म दिन मनाएका छन् !
गुरु प्रसाद दिकमाया फाउन्डेसनमा नगद रु. ३ हजार तथा खाना खुवाउने कार्यक्रम र तारा नमस्तेबाल आश्रममा फलफुल वितरण गरेको प्रसाईले बताएका छन् ! ‘जन्मदिनमा फजूल खर्च गर्नु भन्दा वृद्ध आश्रममा रहेका आमा बुबा साथै बालगृहमा रहेका बालबालिकालाई जन्मदिनको अवसरमा केही गर्न सकियोस् भन्ने उद्देश्यले फलफुल वितरण तथा खाना खुवाउने कार्यक्रम गरेको हुँ, ’प्रसाईले भने । आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने उनले बताएका छन् !
१८ वर्षिय प्रसाई हालै सम्पन्न कक्षा १२ को परीक्षा दिएर घरमा बसिरहेका छन् !
प्रतिक्रिया दिनुहोस्