Advertisement

झापा / झापाको बिर्तामोड–२ चारपानेमा रहेको सांङ्गवेद संस्कृत माध्यमिक विद्यालय यस वर्ष एसईई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय बन्न सफल भएको छ ।


सांङ्गवेदबाट ३५ जना विद्यार्थीे एसईई परिक्षामा भाग लिएका थिए । भाग लिएका विद्यार्थी मध्ये ३२ जना विद्यार्थी उत्रिण भएका छन भने तीन जना विद्यार्थीे गणित विषयमा फेल भएका छन् । उनिहरुले मौका परिक्षा दिन पाउने छन् ।बिर्तामोड नगरपालिका भित्र सामुदायिक विद्यालय तर्फ सांङ्गवेदल राम्रो नतिजा ल्याउने उत्कृष्ट विद्यालय भएको बिर्तामोड नगर शिक्षा शाखाले सार्वजनिक गरेको सुचना अनुसार प्राप्त अंकले पुष्टी हुन्छ ।एसईईमा ३.२ देखि ३.६ जिपिए ल्याउने १० जना, २.८ देखि ३.२ जिपिए ल्याउने १७ जना र ५ जना विद्यार्थीहरुले २.४ देखि २.८ जिपिए ल्याएका छन् । विद्यार्थी उत्रिण प्रतिशत भने ९१.४३ हुन आउछ । उत्रिण प्रतिशतलाई आधार मान्ने हो भने यस पटक पनि सांङ्गवेद जिल्लामै सर्वोकृष्ट नजिता ल्याउने सामुदायिक विद्यालय हुनसक्ने विद्यालय प्रशासनले दावी गरेको छ ।

आज विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविराज रेग्मीले उक्त दावी गरेका छन् । त्यसैगरी सहायक प्रधानाध्यापक चुडामणी पौडेल, शिक्षक भरत भट्टराई, श्याम दाहालले पनि सांङ्गवेद झापा जिल्लामै एसईईमा राम्रो नतिजा ल्याउने विद्यालय बनेको भन्दै दावी गरे । झापामा कुन विद्यालयको कस्तो नतिजा भनेर जिल्ला शिक्षा समन्वय कार्यालयले सार्वजनिक गरेको छैन ।

सांङ्गवेद २०६९ सालमा एसईईमा राम्रो नतिजा ल्याउने जिल्लामै सर्वोकृष्ट विद्यालय बनेको थियो ।

Advertisement

२०२८ सालमा स्थापना भएको सांङ्गवेदबाट २०४८ साल देखि विद्यार्थीेहरु एसएलसी (एसईई) परिक्षामा सामेल हुदै आएका छन् ।
कक्षा १२ सम्म पठन पाठन हुदै आएको सांङ्गवेदमा संस्कृतसहित अन्य सामुदायिक विदालयका पठन पाठन हुदै आए सरह विषयहरु पठनपाठन हुदै आएको छ । यस विद्यालयमा आवासीय र घरबाट धाएर आउने विदार्थीहरु अध्ययनरत रहेका छन् ।

Advertisement