बिर्तामोड,यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आएको फिल्म हो ‘रङ्गेली’ । चलचित्रमा निर्देशक अर्जुन सुवेदीको कामको प्रशंसा सँगै छायांकन पक्ष र कलाकारहरुको अभिनय पनि दर्शकले रुचाएका छन् । चलचित्रमा देखिएको ‘ट्विस्ट एन्ड टर्न’ लाई दर्शकले बढी रुचाएका छन् ।

‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन् । तर, दुवै प्रचारमा हिँड्न पाएनन यद्यपि त्यसका बावजुत पनि फिल्म जति दर्शकले हेरे सबैले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

बिर्तामोडमा सोचे जस्तो फिल्मको व्यापार भइरहेको छैन । यद्यपि फिल्म निकै राम्रो बनेको छ । फिल्म हेर्ने दर्शकको चाप नदेखिएता पनि जति दर्शकले फिल्म हेरे सबैको प्रतिक्रियाले फिल्मले बिस्तारै पिकअप लिने देखिन्छ ।

यो फिल्ममा नायिका मिरुना थारु युवतीको भूमिकामा छिन् । उनलाई आफ्नो चरित्र गहिराईमा आएको छ भन्ने लाग्छ । आफूले गर्दै आएको कामभन्दा केही फरक गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरेकी छन् । स्क्रिप्टमा मिहीन ढुंगले काम गरिएकाले दर्शकलाई फिल्म लामो नलाग्ने पनि उनको विश्वास छ ।