Advertisement

बिर्तामोड, बिर्तामोड एजुकेशनले यस वर्ष पनि २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ।

शिक्षा क्षेत्रमा प्रविधिको महत्वलाई मध्यनजर गर्दै, बिर्तामोड एजुकेशनले विगतका वर्षहरूमा झैँ यसपटक पनि डिजिटल सीपहरूको विकास गर्न विद्यार्थीहरूलाई तालिम दिन लागेको हो। तालिममा सहभागी हुने विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर ज्ञान, सफ्टवेयर तथा हार्डवेयरको परिचय, र इन्टरनेटको प्रयोग सम्बन्धी जानकारी दिइनेछ। यस तालिमले विद्यार्थीहरूलाई आधुनिक युगसँग कदम मिलाएर अघि बढ्न आवश्यक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

बिर्तामोड एजुकेशनका प्रमुखले भने, “हामीले यस तालिम मार्फत विद्यार्थीहरूलाई डिजिटल क्षेत्रमा आवश्यक सीपहरू विकास गर्न सहयोग गर्नेछौं, जसले उनीहरूको शैक्षिक र व्यवसायिक जीवनलाई समेत सहज बनाउनेछ।” सामाजिक उत्तरदायित्व अन्तर्गत जेसीजसँग सहकार्य गर्दै यो बर्ष पनि निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको बिर्तामोड एजुकेशनका अध्यक्ष राज कार्कीले जानकारी दिए !

Advertisement