टिकाराम बास्तोला

बिर्तामोड झापा । झापा, मोरङ र सुनसरी जिल्लामा वसोवास गर्ने आदिवासीहरुले मनाउने सिरुवा पर्वको रौनक यतिवेला जताततै देख्न सकिन्छ ।

यो पर्व आदिवासी समुदायका राजवंशी, ताजपुरिया, गनगाई लगायतका जातीहरुले विशेष उल्लासका साथ नजिकैको ग्रामथानमा गएर पुजाआजा गरी मनाउने गर्दछन् । सोहि पर्वको अवसर पारेर आज वैशाख १ गते झापाको बाह्रदशी गाउपालिका १ स्थित भागुडुब्बामा समावेसी सिरुवा साथै बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

भागुडुब्बा  युवा परिवार द्वारा आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा राजवंशी जातीहरुको भेषभुषाका साथमा सांस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो ।

भागुडुब्बा  युवा परिवार का अध्यक्ष व्रतलाल राजवंशी को सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष साथै झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य माननिय राजेन्द्र लिङ्देन को प्रमुख आतिथ्यता रहेको थियो !कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमशः प्रदेश सभा सदस्य छबिलाल चुडाल, पुर्व श्रम तथा यातायात राज्य मन्त्रि माननीय टेक नारायण राजवंशी ,नि.वर्तमान सविधान सभा सदस्य तथा नि . वर्तमान प्रदेश सभा सदस्य झापा क्षेत्र नम्बर ३ माननीय पूर्ण प्रसाद राजवंशी लगायतको रहेको थियो !

बृहत सास्कृतिक कार्यक्रममा राष्टिय कलाकारहरु बालाराम राजवंशी, जुनु प्रसाई र पिंकी राजवंशीले आफ्ना गायन प्रस्तुति राखेका थिए !

कार्यक्रममा बोल्दै प्रमुख अथिति लिङ्देनले “पहिला हामि केटाकेटि हुदा खेरि राजवंशी चौधरीहरुको मा सिरुवा पर्बको बेला गाजिमुरी खाको त्यो दिन फेरी फर्किन्छ कि फर्किदैन ,यो व्यस्त जीवनमा तर त्यो दिनहरु सम्झना गराउनु भो,मनोरञ्जन गराउनु भो,बास्थापमा यो सिरुवा पर्ब केवल मनिरंजन संग मात्र होईन एउटा हाम्रो जीवन हाम्रो विगत संग यो समन्धित छ हामि मानिसको लागि पानि को कुन प्रकारको महत्व छ त्यसको बारेमा मिले भनिराख्नु पर्दैन ,पानि को पुजा पानीको आरोधना र अब खेतिपातीको सिजन आउँन  लागो प्रसस्त पानि होस् भन्ने कामना अनि पानि पाए पछी हिलो बनाउने, बालि लगाउने, हिलो संग खेल्ने, पानि हिलो संग खेले पछी हिलो पानिको मात्र जीवन कहा छ र हिलो पानि संग खेले सके पछी फेरी जीवन रंगिन पनि छ उत्पादन बढ्छ ,मेहेनत पछी त्यो उत्पादन भित्राउन पाए पछी अनि जीवन कति रंगिन हुन्छ रंग यसरि हामीले यो पानि सिरुवा कादो सिरुवा रंग सिरुवा भनेर चै यो धेरै महत्वपूर्ण छ ” उहाँले भन्नुभयो  

कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमशः प्रदेश सभा सदस्य छबिलाल चुडाल, पुर्व श्रम तथा यातायात राज्य मन्त्रि माननीय टेक नारायण राजवंशी ,नि.वर्तमान सविधान सभा सदस्य तथा नि . वर्तमान प्रदेश सभा सदस्य झापा क्षेत्र नम्बर ३ माननीय पूर्ण प्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो !

युवा परिवारले विभिन्न् सामाजिक व्यक्तिहरुलाई संम्मान सम्मेत गरेको थियो!

उक्त कार्यक्रममा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति दिएका थिए भने, राजवंशी संस्कृति झल्किने नृत्य पनि प्रस्तुती भएको थियो !

कार्यक्रम संचालन दिलिप राजवंशी र सपना राजवंशीले गरेका थिए !