Advertisement

महारानी झोडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आगामी पौष ७ गते आफ्नो प्रारम्भिक साधारणसभा गर्ने भएको छ । समितिले आज गौरादह ५ स्कुलचौनमा अवस्थित आफ्नो कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । अहिलेसम्म तदर्थ समिति मार्फत चलिरहेको सस्थाको प्रारम्भिक साधारणसभाले नेतृत्व चयन गर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नम्बर ५ का वडा जगन्नाथ खनाल,बिशिस्ट अतिथि द्वय गौरादह ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत , पुर्व वडाध्यक्ष मणिन्द्र कार्की समितिका अध्यक्ष कपिलमणी काफ्ले लगायतले सामुहिक रुपमा सार्वजनिक गर्नुभएको संस्थाको प्रतिवेदन अनुसार संस्थाले आर्थिक बर्ष २०७९/८० मा ३९ लाख ६२ हजार २ सय पचास रुपैयाँ आम्दानी तथा ३७ लाख ५८ हजार ४ सय रुपैयाँँ खर्च गर्दै केहि बचत गर्न सफल भएको छ । संस्थाका अध्यक्ष कपिलमणी काफ्लेको सभापतित्वमा सम्पन्न कार्यकमको संचालन सचिव मीन बहादुर चेम्जोङले गर्नुभएको थियो ।