Advertisement

झापा/झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको १ करोड १ लाख बराबरको हुक्काको फेबर, कोइला, कोल लगायातका सामाग्रीहरु बरामद गरेको छ ।गएराती साँझ सवा ७ बजेको समयमा उक्त सामाग्री लोड गरिएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।मेची भन्सारमा राजश्व नतिरी निस्किएको विशेष सुराकीको आधारमा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।


प्रहरी देख्नासाथ गाडीमा भएका चालक अन्यत्र भागेको समेत प्रहरी प्रवक्ता रिजालले बताउँनुभयो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा चेकजाँच गर्न लाग्दा चालक भागेपछि प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।


संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ सवा ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो । कन्टेनर फेला परेपनि सम्बन्धित व्याक्ति र कागजात कुनै फेला नपरेको प्रहरीले जनाएको छ । कन्टेनर कसरी विना भन्सार बाहिर निक्कियो भन्नेवारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएको छ । हाल उक्त कन्टेनर र सामानलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । ‘कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको थिएन ।
प्रहरीले कन्टेनरमा भएको सामाग्रीहरु एक करोड १ लाख रुपैँया र कन्टेनर सहित १ करोड २१ लाख बराबरको मुल्याङ्कन गरेर इटहरीमा बुझाइने तयारी थालेको प्रहरीले जनाएको छ ।

Advertisement

मेची भन्सारमा सय रुपैँयाको सामाग्री समेत बिना भन्सार बारिन नपाउने नियम लागु भएपनि करोडौको हुक्का बिना भन्सार बाहिरीएसगै यसले थुप्रै आशंका उब्जाएको छ ।

Advertisement