Advertisement

हल्दिबारी/ राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी -४ को वडा अधिबेशन बाट नयाँ समितिको अध्यक्षमा अमर मेन्याङ्गबो सर्बसम्मत चयन भएका छन।

वडा नं ४ का वडा कमिटि अध्यक्ष पवन चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष तुलशा आचार्य को प्रमुख आतिथ्यता रहेको थियो। क्षेत्रिय सचिव खिवराज भट्टराई, राप्रपा युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा,हल्दिबारी गाउँकमिटि अध्यक्ष एकराज राना मगर, वडा सदस्यहरू भगिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता विश्वकर्मा लगायत राप्रपाका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

तपशिल बमोजिमको १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको राष्ट्रिय प्रजातन्त्र पाटि हल्दिबारी सचीव योगेश कार्कीले जानकारी दिएका छन । अध्यक्षमा अमर मेन्याङ्गबो,उपाध्यक्षमा सचिन मेचे,सचिबमा अनिल चौहान,कोषाध्यक्षमा हेम कुमारी श्रेष्ठ ,सह- सचिबमा अंकुश थापा रहेका छन।
सदस्यहरुमा देश कुमार राई, बिकास ,सुनिराम टुडु ,संजय मेचे,विशाल भुजेल,सुशील शर्मा,सपना लिम्बू, सुमन गुरुङ्ग, भूषण राई, दिल कुमारी मेन्याङ्गबो, योगेश चापागाई , समीर लिम्बू रहेका छन।


मिलन विश्वकर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव अनिल चौहानले गरेका थिए

Advertisement