Advertisement

बिर्तामोड / राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीद्वारा स्थानीय तहमा सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खबरदारी अभियान अन्तर्गत बिर्तामोड नगर कमिटीद्वारा बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्र संग्रौला ज्यु लाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ !

राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीद्वारा बिर्तामोड नगरपालिका लाई  ध्यानाकर्षण पत्र बुझाएको छ। बिर्तामोड नगरपालिका कार्यालय परिसरभित्रै ‘ स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमाको ‘ सन्दर्भ उठान गर्दै बिर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्र संग्रौला लाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको थियो ।

स्थानीय नीति, कानुन निर्माण गरी सो को कार्यान्वयन समेत गर्ने अधिकार प्राप्त गरेको स्थानीय सरकार आफैले बजेट तर्जुमा प्रकृयामा विधिको शासनको पालना नगर्नुले स्थानीय नेतृत्वको कार्यक्षमता माथी प्रश्न चिन्हहरु खडा भएको र यस किसिमको अवैज्ञानिक, अव्यवस्थित भएको योजना तर्जुमाले स्थानीय नागरिकहरुको समस्या, आवश्यकता र मागलाई सम्बोधन गर्ने भन्दा पनि केहि व्यक्तिहरूको इच्छा र चाहाना वमोजिम स्थानीय तहको बजेट केन्द्रित हुने देखिएको भन्दै स्थानीय तहको बजेट तर्जुमाका ७ बटा चरणहरुको पूर्ण कार्यान्वयन गर्न, नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम तय गरी प्राथमिकताका सुचकहरु निर्धारण गर्न, स्थानीय नागरिकहरुको समस्या, आवश्यकता र मागको पहिचान गर्न टोल तथा बस्ती स्तरको योजना तर्जुमा गोष्ठी आयोजना गर्न, स्थानीय सरकार संचालन ऐन २०७४, अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ र राष्ट्रिय योजना आयोगबाट जारी गरिएको स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुमा दिग्दर्शन अक्षरस कार्यान्वयन गर्न तथा युवा लक्षित आयोजना तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवाला युवा संघ, संगठन र लक्षित युवाहरुको भेला आयोजना गरी आयोजना तथा कार्यकम छनौट गर्न जस्ता सन्दर्भमा बिर्तामोड नगरपालिका लाई ध्यानाकर्षण गराएको छ ।

Advertisement