मोरङको जहदा गाउँपालिका मा लागू पदार्थ दुर्व्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। 

सामाजिक विकास परियोजना जीवन विकास समाज कटहरी २ को आयोजनामा जीवन विकास लगु वित्तीय वित्तीय संस्था लिमिटेड शाखा मझारेको सहयोगमा र इलाका प्रहरी कार्यालय रानी मोरङ को समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

श्री बैरिया माध्यमिक विद्यालय जहदा गाउँपालिका वडा न : २ को सभाहलमा कार्यक्रम गरिएको थियो ५३ जना को कार्यक्रममा सहभागिता रहेको थियो बालबालिकाहरुले सानै उमेर बाट लागू पदार्थ सेवन गर्दै आईरहेको कारण यसलाई हामीले समयमै कसरी रोकथाम गर्न सक्छौ , लागू पदार्थ जस्तै: गाँजा, चरेस, हिरोईन , सुई आदी  जस्ता प्रयोग गर्दा के कस्ता असरहरु पर्दछन, यस्ता लागू पदार्थ प्रयोग गर्दाहरु प्रयोग गर्दा के कस्ता सजायहरु हुन् सक्छ भन्ने विषय मा जानकारी गराउदै सचेत गराउने उदेश्यले यस लागू पदार्थ दुर्व्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको सामाजिक विकास परियोजना जीवन विकास समाज कार्यक्रम कासामाजिक परिचालक अभय मगर ले बताए।  

सामाजिक विकास परियोजना जीवन विकास समाज का संयोजक पवन कुमार मलाहा को अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि जहदा गाउँपालिका वडा न: २ का वडा अध्यक्ष चन्द्रशेखर कुमार साह  रहेका थिए, भने  अतिथिहरुमा  जीवन विकास लगु वित्तीय वित्तीय संस्था लिमिटेड शाखा मझारे का प्रमुख सन्तोष कुमार साह, इलाका प्रहरी कार्यालय रानी मोरङ का सय उज्वल खडगी र विद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो।