वीरता लेडी जेसीजले पत्रकार सन्तोष शर्मासहित विभिन्न विधामा वर्ष उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरेको छ । लेडी जेसीजले आज २० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकारिता अवार्डबाट पत्रकार सन्तोष शर्मा, उत्कृष्ट जेसी अवार्ड कविता ओलीलाई र मानार्थ सदस्यको अवार्ड सुमित्रा भट्टराई, रीमा भट्टराई, मिना घिमिरेलाई र यज्ञ–तीर्थ स्मृति उत्कृष्ट सम्मानबाट शिक्षासेवी निरा प्रधानलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, सन् २०२४ की अध्यक्ष मेनुका ओली, संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
निवर्तमान अध्यक्ष सङ्गीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानितहरूको सम्मान पत्र पूर्वअध्यक्षहरू उर्मिला बिमली खरेल, कञ्चना ढकाल सिटौला, नैनकला भट्टराईलगायतले वाचन गरेका थिए । कार्यक्रममा अध्यक्ष मेनुका ओलीले आफूले एक वर्षमा ५१ वटा कार्यक्रम गरेको र प्रत्येक महिना इफिसेन्सी अवार्डसहित १४ वटा अवार्ड प्राप्त गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्