शिवसताक्षी १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षक हेतिराज निरौलाले कक्षा ६ की छात्रा अन्जली गुरुङलाई पाइपले कुटपिट गरेका छन्। यो घटना अन्जलीले क्लास वर्क गर्न अस्वीकार गरेपछि भएको हो। कुटपिटबाट छात्राको कम्मरमाथि तीनवटा डाम (सुम्ला) बसेका छन्, जसका कारण उनलाई बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ।

शिक्षक हेतिराज निरौलाले यो घटनालाई आफ्नो गम्भीर त्रुटि भएको स्वीकार गर्दै, छात्राको उपचारको जिम्मेवारी लिने बताएका छन्।

विद्यालयका प्रधानाध्यापक भवानी थापाले यो घटनाले विद्यालय प्रशासनलाई गहिरो दुखित बनाएको र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सतर्कता अपनाइने बताएका छन्। छात्राको अवस्था सामान्य भए पनि मानसिक रूपमा आहत भएकी अन्जलीको स्वास्थ्य स्थिति स्थिर रहेको छ।

विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले शिक्षकको गल्तीबारे छलफल गरी निर्णय लिने योजना बनाएको छ।