वेदमा उल्लेख गरिएको छ ‘यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् l मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुग देखि चलि आएको पाइन्छ। शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा महिला कमजोर हुने हुनाले पुरुष प्रधान समाजले उनीहरूलाई घरधन्दाको साथै बाहिरी कामको समेत जिम्मेवारी थपेको हुन सक्छ । यही जिम्मेवारीको बोझ र शारीरिक र शक्तिका हिसाबले कम्जोर भएका कारण महिला माथिको विभेद बढेको देखिन्छ l र हाल सम्म पनि अनेक किसिमका विभेद हुने गरेको देखिन्छ l
सन् २०१४ तिर पत्रकार रविन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका थिए ” तीजमा श्रीमतीले खुट्टा ढोग्छन् तर केही समय यता भने म ढोग्ने गर्छु ” उनले यति के लेखेदा थिए ऊनी विरुद्ध समाज खनिएको थियो l उनले पुरुषार्थ नै गुमाए सम्म भन्ने टिप्पणी ट्विटरमा अझै भेटिन्छन् l उनले गरेको ट्वीटको आज ठिक ९ वर्ष पछिको समाजमा केही बदलाव आएकै हो त ? केही समय यता सामाजिक सञ्जालमा विवाह समारोहमा श्रीमानले आफ्नी श्रीमतीको खुट्टा ढोगेको दृश्य यत्रतत्र अनेकौँ टिका -टिप्पणीका साथ सामाजिक सञ्जालका भित्तामा देखिन्छ l के खुट्टा ढोग्नु सही नै हो त ? एस्मा आ-आफ्नो टिप्पणी हुन सक्छ तर बुझ्नुपर्ने कुरा के छ भने खुट्टा ढोग्नु कसैका लागि श्रद्धा होला कसैका लागि अथाह प्रेम होला तर खुट्टा ढोगेर संस्कृति बच्ने पनि होइन मासिने पनि होइन। कुनै कुरा आ-आफ्नो व्यक्तिगत इच्छामा निहित रहन्छ। श्रीमती भनेको आमाको दोश्रो रूप हो भनेर समेत भनिन्छ l आफ्नो इच्छाले श्रीमतीको खुट्टा ढोग्दैमा पुरुष सानो हुने भने होइन l माया र सम्मान दर्साउन ढोग्नु नै पर्छ भन्ने वाध्यता पनि छैन l सदैव नारी सँग सम्मानजनक रूपमा प्रस्तुत हुने हो भने त्यो नै सबैभन्दा ठुलो सम्मान हो l मानिसले राजीखुसी कसैलाई श्रद्धापूर्वक ढोगेको छ भने त्यस्तो अवस्थामा उनीहरूको राइट अफ चोइस् अर्थात् निर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ। सामाजिक सञ्जालमा अनेक किसिमका टिप्पणी गरेर आफ्नो स्तर गिराउने गतिविधि गर्नु हुँदैन l
प्रतिक्रिया दिनुहोस्