झापाको हल्दिबारी गाउँपालिका -४ मा रहेको कृष्ण सागार विद्यालयका विद्यार्थीहरु आफ्नो सस्कार जोगाउन देउसी भैलोै खेल्न शुरु गरेका छन।

तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ ।