हल्दिबारी/स्व.चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठान द्वारा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्व.चन्द्रबहादुर माक्रिहाङ्ग राईको सातौ वार्षिक पुण्य तिथिका दिन स्व. चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठान द्वारा हल्दिबारी वडा २ मा रहेको श्री नव सृजना प्राथमिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

वि.व्य.स अध्यक्ष लक्ष्मीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गा.पा.का अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो। भने,२ नं। वडाका वडाध्यक्ष सुकलाल राजवंशीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा २ नम्बर वडाका जनप्रतिनिधिहरु विष्णुबहादुर राई, गणेश मगर, रचना कुलुङ्ग राईको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक कुमार राईले कार्यक्रमको औचित्य माथि प्रकास पार्दै स्व.चन्द्रबहादुर राईको जीवनीका बारेमा बताउनु भएको थियो ।यसै गरि वडाध्यक्ष सुकलाल राजवंशीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।प्रमुख अतिथि रबिन्द्र प्रसाद लिङ्देनले पालिकाले शिक्षाक्षेत्रमा गरेका अनुकरणीय कार्यको चर्चा गर्दै विद्यालयको आएका समस्याहरु हल गर्न छिट्टै कार्य योजना सहित लाग्ने र शिक्षाक्षेत्रमा अझै आइपरेका समस्याहरु लाई छिटै हल गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

यश विद्यालयमा स्व.चन्द्रबहादुर राईका सन्ततिहरु तथा हङकङ सानसुईपो समाजले रु ३ लाखको अक्षयकोषको स्थापना गरेको थियो उक्त रकमको ब्याजबाट प्रत्येक वर्ष स्व.राईको स्मृतिमा विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक ,छात्रवृत्ति,शैक्षिक सामग्रीहरु वितरण गर्दै आएको हो ।

यस वर्ष संस्थाले यश विद्यालयको बाल कक्षाका लागि २ थान बालमैत्री राउन्ड टेवल , ३ थान सिलिङ फेन, 90 जना बालबालिकाहरुलाई पानी पिउने बोतल ,कापी ,पेन्सिल, पेन वितरण गरेर उक्त कार्यक्रम सम्पन्न गरेको प्र।अ भिम दाहालले बताउनु भयो । उक्त कार्यगरि बचत रहेको रु २,२८५ विद्यालयका प्र.अ लाई विद्यार्थीका लागि आवश्यक सामग्री खरिद गर्नका लागि हस्तान्तरण गरिएको थियो भने शिक्षक शान्ता पोखरेलले स्वागत् गरेको कार्यक्रमको संचालन प्र,अ भीम दाहालले गरेका थिए ।