हल्दिबारी । झापाको हल्दिबारीमा आइतबार भएको मोटरसाइकलको ठक्करबाट तीनजना घाइते भएका छन् । हल्दिबारी गाउँपालिका २ स्कुल चोकपश्चिम राकुरा चिया फ्याक्ट्री अगाडि मे १० प ३४४६ नम्बरको मोटरसाइकलले प ०-०१-१८-प३७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ४० वर्षीय टिकाराम राजवंशी र उनका १० वर्षीय छोरा निश्चल राजवंशी घाइते भएका छन् ।

बाह्रदशी- ७ सिमलचोकका राजवंशी बाबु छोरा हल्दिबारीबाट आफन्त भेट गरी घर फर्कँदै थिए । बाबुको अवस्था सामान्य रहेको छ भने छोराको दाहिने हात भाँच्चिनुका साथै घुँडा र आँखाको माथिल्लो भागमा चोट लागेको प्रहरीले जनाएको छ । छोराको थप उपचारको लागि स्थानीय मेडीहोम अस्पतालबाट रेर्फर गरी अन्यत्र पठाइएको हल्दिबारीका कार्यपालिका सदस्य विजय राजवंशीले बताए ।

त्यसैगरी मे ११ प ८७४७ नम्बरको मोटरसाइकलले स्थानीय शम्भु चोकमा पैदल यात्रीलाई ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुर्सुङ तामाङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र मेडीहोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुई वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ