टीकाराम बास्तोला / हल्दिबारी गाउँपालिकाले कृषक तथा लघु उद्यमीहरूलाई सामग्री हस्तान्तरण गरेको छ। हल्दीबारी गाउँपालिकाद्वारा कृषक तथा लघु उद्यमीहरुलाई स्प्रे मेसिन र अन्य सामग्रीहरू वितरण गरिएको थियो।

उक्त कार्यक्रममा हल्दिबारीका ५ वटै वडाहरु बाट ५० प्रतिशत अनुदानमा(रु.१४२५/५०) मकै रोप्ने मेशिन १७५ थान र ५० प्रतिशत अनुदानमा(रु.१७८०) विद्युतिय स्प्रेयर मेशिन २०१ थान स्थानीय कृषकहरुलाई वितरण गरिएको हो! गाउपालिका को यो पहलले स्थानीय कृषकहरूको उत्पादन क्षमतामा वृद्धि ल्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउने उद्देश्य राखेको गाउपालिका अध्यक्ष रबिद्र प्रसाद लिङ्देन ले बताउनु भयो !

हल्दिबारी गाउपालिका का अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन को सभापतित्व मा भएको कार्यक्रम को प्रमुख अतिथि कार्यक्रममा झापा क्षेत्र न. ३ का संघीय सांसद पूर्व उपप्रधानमन्त्री तथा जलस्रोत मन्त्री माननीय श्री राजेन्द्र प्रसाद लिङ्देनको रहेको थियो भने हल्दिबारीका विभिन्न वडाहरूबाट सहभागी भएका कृषकहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको थियो। यससँगै, लघु उद्यमीहरूलाई पनि उनीहरूको व्यवसायलाई प्रवर्द्धन गर्न आवश्यक सामग्रीहरूको वितरण गरिएको छ।

कार्यक्रमले हल्दिबारीको कृषि उत्पादन वृद्धि गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।जसले उनीहरूको उत्पादन क्षमता र आय वृद्धि गर्न मद्दत गर्नेछ।

कार्यक्रम संचालन हल्दीबारी गाउँपालिका का योजना अधिकृत राजन न्यौपाने ले गरेका थिए!