हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका अन्तर्गतका ३ वटा स्वास्थ्य चौकिहरु क्रमशः गोलधाप ,हल्दिबारी र जलथल स्वास्थ्य चौकीले उच्च अंक प्राप्त गरि गत बर्ष पनि प्रथम भएको थियो ,फेरी दोस्रोपटक हल्दिबारी गा.पा नै जिल्ला कै उत्कृष्ट घोषित भएको छ।

आ व २०७९/ ८० मा सम्पादित स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको प्रगति मूल्याकंनमा झापा जिल्लाका १५ वटा स्थानिय तहहरु मध्ये हल्दिबारी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

न्युन बजेटमा पनि हल्दिबारीका सबै स्वास्थ्य चौकी उत्कृष्टमा परेको भन्दै काम गर्ने जोसजागर भए सकिने उदाहरण बनेको भन्दै गोलधाप हल्दिबारी र जलथलका  सबै स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु र व्यस्थापन समितिको सक्रियताले यो सफलता प्राप्त भएको गाउँपालीका अध्यक्ष रबिन्द्र लिङदेनले बिर्तामोड झापा डट कम संग कुरा गर्दै बताउनु भयो।उपलब्ध सिमित श्रोत साधनलाई उच्चत्तम प्रयोग गर्दै स्वास्थ्य सेवा प्रवाह गर्न सदैव अग्रसर रहनु हुने सवै स्वास्थ्य सस्थाका आदरणीय चिकित्सकज्यु स्वास्थ्यकर्मीज्युहरु,कर्मचारीज्युहरु,महिला स्वास्थ्य स्वयंसेविकाज्युहरु सबैलाई शाखामा कार्यरत जन स्वास्थ्य निरीक्षक प्रकाश खतिवडाले हार्दिक बधाई सहित शुभकामना व्यक्त गरेको बिर्तामोड झापा डट कम संग कुरा गर्दै बताए ।नागरिकको जनस्वास्थ्य रक्षाको लागि तथा  गुणस्तरीय स्वास्थ्य सेवाको लागि यहाँहरु सवैको सहभागितामा अझै धेरै कार्यहरु गर्न बाकिनै रहेको जन स्वास्थ्य निरीक्षक खतिवडा को भनाई रहेको छ ।

हल्दिबारीका ३ वटै स्वास्थ्य चौकीले ८५ प्रतिशत भन्दा धेरै अंक प्राप्त गरेका थिए गत बर्ष जसमध्ये गोलधाप स्वास्थ्य चौकी ९५ प्रतिशत  सहित झापा मै प्रथम बनेको थियो भने यस बर्ष गाउपालिका नै प्रथम घोषित गरि स्वास्थ्य कार्यालय झापाले हल्दिबारी गाउँपालिका लाई प्रशसा पत्र प्रधान गरेको छ।