झापा, हल्दिबारी – हल्दिबारी माध्यमिक विद्यालयले आफ्नो ५२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रममा शिक्षक सम्मान तथा विदाई, छात्रवृत्ति तथा पुरस्कार वितरण, र विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरी कार्यक्रम सम्पन्न भएको हो !

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका देवी राउतले गर्नुभएको थियो।कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व उपप्रधानमन्त्री तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङ्देनको उपस्थिति रहेको थियो !

विशिष्ट अतिथिहरूमा: कोशी प्रदेशका माननीय छविलाल चुडाल, संविधान सभा सदस्य मोहन टुडु, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन,गाउँपालिकाका प्रशासनिक अधिकृत मानबहादुर वन, कवी नभराज पराजुली ,शिक्षा शाखाका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।मुख्य आकर्षणहरू कार्यक्रमको प्रारम्भ विद्यालयका शिक्षक कर्मचारीले प्रस्तुत गरेको राष्ट्रिय गीत र स्वागत नृत्यबाट गरिएको थियो। विद्यालयका लामो समयसम्म योगदान दिएका शिक्षकहरूलाई सम्मानित गर्दै सेवानिवृत्त शिक्षकहरूको विदाई गरियो। साथै, उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरियो।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन प्रस्तुत गरेका थिए।प्रमुख अतिथि लिङ्देनले विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई जीवनमा सफलताका लागि निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो। उहाँले विद्यालयको विकासका लागि आफू सदैव तयार रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। हल्दिबारी माध्यमिक विद्यालय शैक्षिक र सांस्कृतिक योगदानका लागि झापाको उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ।