Advertisement

हल्दिबारी/झापाको हल्दीबारी गाउँपालिकामा पालिका स्तरीय डोरी तान क्षेत्रीय समिति गठन भएको छ ।

खेलकूद अन्तरगतको एक लोकप्रिय डोरी तान खेलको प्रर्वद्धन गर्ने उद्देश्यले स्थापना भएको डोरितान संघ झापा जिल्ला समितिले झापामा क्षेत्रीय संघ गठन गर्ने कार्य सुरु गरेको छआज (बुधबार)  हल्दीबारीमा गठन भएको क्षेत्रीय समिति झापामा पहिलो हो ।खकेन राजवंशीको अध्यक्षतामा संघमा सात सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मदन दाहाल, सचिव तुलसी मिश्र, कोषाध्यक्ष गणेश मगर, सदस्यहरूमा रूपादेवी रसाइली, निकिता राजवंशी र अनिल चौहानलाई सर्वसम्मत चयन गरिएको छ ।डोरी तान सङ झापाकी अध्यक्ष युनिता दवाडीको अध्यक्षता र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा आयोजित भेलाले हल्दीबारी समिति गठन गरेको हो ।

समिति गठन कार्यक्रममा  गाउपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा न १ का वडाध्यक्ष देवी बहादुर थापा, वडा न २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा न ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायतको आतिथ्यता रहेको थियो ।झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य हेम कुमार न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रदेश उपाध्यक्ष हीमा पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन ।

कार्यक्रमको सञ्चालन झापा जिल्ला डोरी तान संघ कार्यसमिति सदस्य यादव मिश्रले  गरेका थिए ।

Advertisement