Advertisement

हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर -४ बडाबारि को महेन्द्र मा.वि मा आत्महत्या रोकथाम तथा न्यूनीकरण र साइबर क्राईम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

बडाबारिमा रहेको महेन्द्र मा.वि मा कक्षा ८,९,१० का विद्यार्थीहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।जिल्ला प्रहरी कार्यालय झापा र जलथल प्रहरी चौकीको संयुक्त आयोजनामा उक्त कार्यालय सम्पन्न भएको थियो।

कार्यक्रममा आत्म#हत्या न्यूनीकरण,साइबर क्राईम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको थियो।

महेन्द्र मा.वि का प्र.अ चक्र बाहादुर बस्नेतको सभापतित्यमा भएको कार्यक्रमको प्रमुख अतिथी हल्दिबारि ४ का वडा अध्यक्ष सन्त कुमार थापा साथै बिद्यालयका सम्पुर्ण कर्माचारी र विद्यार्थीको सहभागीता रहेको थियो ।

Advertisement

Advertisement