Advertisement

टीकाराम बास्तोला

बिर्तामोड झापा / कुवेतमा अलपत्र परेकी उझाली रोकया चौधरीलाई सफलतापूर्वक नेपाल फर्काइएको छ। उहाँ कुवेतमा मानसिक समस्यासहित अलपत्र परिरहेकी थिइन्, जसलाई इन्द्रनाथ योगीको पहलमा उद्धार गरिएको हो। रोकया चौधरीको घर नेपालगञ्जको कोहलपुरमा छ, र उहाँ एक छोरा र दुई छोरीकी आमा हुनुहुन्छ। उहाँ आफ्नो परिवारलाई खुसी दिन कुवेत गएकी थिइन्, तर कम्पनीले उहाँलाई जुन घरमा काम दिए, त्यहाँका घरवालाले नबुझ्ने र चार ठाउँमा काम गर्नुपर्ने हुँदा मानसिक समस्यामा परेकी थिइन्।

उद्धार अभियानमा बिनाश शर्मा, इन्द्रनाथ योगी, नागरकोटी मोनिका, सुभाष काफ्ले, र घनश्याम थापा मगरज्युहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। सबैले मिलेर एजेन्टलाई कडा चेतावनी दिएका थिए र अन्ततः पासपोर्ट र प्लेन टिकटको व्यवस्था गरेर उहाँलाई नेपाल फर्काइएको हो।

यो सफल उद्धारसँगै, रोकया चौधरीको नयाँ जीवन सुरु भएको छ र उहाँ आफ्नो परिवारसँग पुनः मिल्न पाउनु भएको छ।

Advertisement