Advertisement

बहुप्रतिक्षित चलचित्र गाउ आको बाटो को ट्रेलर रिलिज भएको छ । बासुरी फिल्मस को अफिसियल युट्युब च्यानलमार्फत आज रिलिज भएको ट्रेलर गज्जब बनेको छ । रिलिज ट्रेलरले गाउ गाउमा बाटो पुगे सङै स्थानिय भित्रिएका आधुनिक औजार र दैनिक उपभोग्य सामग्रीहरुले स्थानिय हस्तकला र परम्परागत चित्रा , चोया दाम्लो नाम्लो लोप भए संगै दैनिक आम्दानीमा आएको नकरात्मक असर ट्रेलरमा देखाउन खोजिएको छ ।

यिनै परम्परागत सिपले गुजारा चलाएका माइला अर्थात दयाहाङको जीवनमा आएको परिवर्तन अनी आफ्नो छोराको खुशीको लागी जे पनि गर्न तयार मरिहत्ते गर्ने एक संघर्षशील बुवा को कथा गाउ आएको बाटोले पेस गर्ने ट्रेलरले इङगित गरेकोछ । पुर्वी पहाडी जिल्ला भोजपुर खुकुरी संगै धेरै सुन्तला फल्ने जिल्ला भनेर पनि चिनिन्छ । यहाँका मानिसहरुको जीवन यापन सुन्तला बिक्री संगै यहाँका स्थानिय हस्तकला उत्पादन बासको चोया बाट बनेको डोको, नाङ्लो , चोया फिपी बुनेर चतरा हुँदै धरान बजार सम्म आएर बिक्री गर्छन् । यस्तै दैनिकीमा गुजारा चलाइरहेका स्थानियहरु, गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ को ट्रेलर रिलिज भएको छ ।

विश्वका धेरै फिल्म महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको ‘गाउ आएको बाटो’ को टिजर सोमबार काठमाण्डौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ। आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।

माइला आफ्नो छोरा बिन्द्रे (प्रसन राई) लाई मायालु नजरले हेर्छन जुन कोमल क्षणले बुबा र छोरा बीचको घनिष्ठ सम्बन्धलाई संकेत गर्छ।“गाउँको बाटो” ले हामीलाई नेपालको पूर्वी हिमालयको पहाडी क्षेत्रमा साधारण गाउँको जीवन बिताउने टोकरी बुन्ने माइलासँग परिचित गराउँछ। फिल्मले उनको आक्रोशलाई संकेत गरे तापनि माइला आफ्नी श्रीमती माइली (पशुपति राई) को लागि मायालु पति र सात वर्षीय छोरा बिन्द्रेको बुबा हुन्। फिल्मको शीर्षकले एउटा सडकलाई जनाउँछ जुन अन्ततः उनीहरूको गाउँमा बनाइएको थियो, जुन गाउँका मानिसहरूले आशिष्को रूपमा हेर्छन्। हामी उनीहरूलाई उनीहरूको क्षेत्रमा आइपुगेको पहिलो बसलाई आशीर्वाद दिइरहेको देख्छौं, साथै उनीहरूले कहिल्यै थाहा नभएका सुविधाहरू अनुभव गर्न पाउँदा उनीहरूको उत्साह। सोडा, टेलिभिजन, र हिप-हप संगीतको लागि आकर्षण नयाँ सामान्यको अंश बन्छ, स्पष्ट रूपमा गाउँको शान्तिलाई असर गर्छ। टिजर हेर्दा गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, र अदम्य भावनाका विषयवस्तुहरूलाई सम्बोधन गर्दै; “गाउँको बाटो” मानव अवस्थाको दार्शनिक अनुसन्धान हो भन्न् सकिन्छ ।

Advertisement