झापा – दमक नगरपालिका(३ बेलडाँगीस्थित बागखोर चोकमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा तालाबन्दी छ । पुस १० गते विश्वभर क्रिसमसको रमझम हुँदा त्यहाँको बिलिभर्स चर्चको मुल ढोका बन्द थियो । विश्वासीहरुबीचको आन्तरिक विवादले चर्च बन्द भएको हो ।

बिलिभर्स चर्च झापाका संयोजक रेभ। जगत बहादुर वाग्लेका अनुसार बेलडाँगीको बिलिभर्स चर्च हडप्ने प्रयास भइरहेको छ । चर्चको सबै भौतिक संरचनादेखि अन्य सम्पत्तिहरु कब्जा भएको उनको भनाइ छ । ‘हामी विश्वासी परिवारले बनाएको चर्च अर्कै व्यक्तिले उपयोग गर्न थालेपछि विश्वासीहरु त्यहाँ जान छोड्नु भएको छ,’ वाग्ले भन्छन्, ‘बिलिभर्स चर्चका विश्वासीमाथि छलकपट गरेर बिशाल माङ्मुले हडप्नु भएको छ ।’ हाम्रो सम्पत्ति उहाँले हत्याउने प्रयास गरेपछि अहिले तालाबन्दी गरिएको अवस्था छ । उनी भन्छन्, ‘त्यो ठाउँ उहाँले छोडेर जानुपर्छ, हामीलाई प्रार्थना गर्नबाट बञ्चित गर्न मिल्दैन ।’

 

बेलडाँगीमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चका तत्कालिन पास्टर अब्राहम दाहाल सपरिवार अमेरिका गएपछि बिशाल माङ्मु सो चर्चमा आएको वाग्लेको भनाइ छ । माङ्मु बिलिभर्सका स्वयमसेवकका रुपमा कार्यरत थिए । उनी स्वस्घोषित रुपमा पास्टरको रुपमा बिलिभर्स चर्चमा प्रवेश गरेको भनाइ छ ।

वाग्लेका अनुसार केही वर्ष सम्पर्क बाहिर रहेका माङ्मु पास्टर दाहाल अमेरिका गएपछि बिलिभर्स चर्च बेलडाँगीसँग जोडिएका हुन् । उनले त्यहाँका विश्वासीहरुलाई अब उप्रान्त आफँै सेवकाई गर्ने भनेर काम थालेका थिए । सो चर्चमा काम थालेको केही समयपछि माङ्मुले चर्चको नाम लेखिएको बोर्ड हटाए । बिलिभर्स चर्चको नाम हटाएर फिमेथोडिस्ट चर्च नामाकरण गरेसँगै विवाद उत्पन्न भएको थियो । नाम फेरेको विषय झनहरुले थाहा पाएपछि उनलाई बिलिभर्स नै नाम राख्नुपर्ने दबाब दिइएको थियो । तर, झनको सुझाव नमानेपछि उनलाई माथिल्लो निकायबाट समेत आग्रह गर्दा अहिलेसम्म छाडेका छैनन् ।

 

माङ्मुले अर्कै चर्चको नाममा काम थालेपछि त्यहाँ करिब एक सय परिवारले विरोध जनाउँदै प्रार्थनामा सहभागी नहुने निर्णय गरेका छन् । विश्वासीहरुले सो निर्णयबारे आफ्नो निकायहरु, इसाई समाजलाई समेत जानकारी गराए । स्थापनाकालदेखि नै बिलिभर्सका विश्वासीहरुले सेवा संगती गर्दै आएको थिए ।

 

पटक(पटक बिलिभर्सको माथिल्लो निकायबाट आफ्नो जमिनमा बनेको संरचना छोडिदिन माङ्मुलाई आग्रह गरेको वाग्ले बताउँछन् । कयौं पटकको आग्रह नमानेपछि वडा प्रहरी कार्यालय, वडा नं। ३ को कार्यालय, दमक नगरपालिकामा घटनाबारे जानकारी गराइएको छ । तर पनि उचित न्याय पाउन नसकेको बिलिभर्स चर्चका विश्वासीहरु बताउँछन् ।

१ कठ्ठा जग्गामा क्वाटरसहित बनाइएको चर्च लगायतको संरचना नछोडेपछि बिलिभर्सका अगुवाहरुले नछोड्नुका आधारप्रमाण पेश गर्न माङ्मुलाई चुनौती दिएका छन् । ‘कुनै आधिकारिक प्रमाण उपलब्ध गराएमा हामी छलफलको माध्यमबाट समाधान खोज्न पनि तयार छौं’, वाग्लेले भने, ‘अहिले नियमित प्रार्थना गर्ने काम प्रभावित भएको छ । छिटो भन्दा छिटो ठाउँ खाली गर्न हाम्रो विनम्र अनुरोध छ ।’ बिलिभर्सको भौतिक संरचनामा बसेर माङ्मुले अनाधिकृत रुपमा कारोवार गरिरहेको उनको आरोप छ ।

 

उक्त चर्च र क्वाटर रहेको जग्गा बिलिभर्स चर्चका बिसप हाल ललितपुर महानगरपालिका २ बस्ने हेमचन्द्र शर्माको नाममा दर्ता रहेको झापाका संयोजक वाग्लेले जानकारी दिए ।

शर्माले जमिनको वारेसनामा दिएको पत्रमा भनिएको छ – जिल्ला झापा दमक नगरपालिका वार्ड नं।३ बेलडाँगी चोकबाट दक्षिणतर्फ रहेको १ कट्ठा जमीन ३३८।६३ वर्गमिटर क्षेत्रफल रहेको कि।नं। ५५७८ मालपोत कार्यालय दमकमा दर्ता रहेको मेरो निजी जग्गा मैले यरुसलेम बिलिभर्स इस्टर्न चर्च बेलडाँगीको लागि दिएको हो । बिलिभर्स इस्टर्न चर्चका सञ्चालक पदमजङ्ग वाग्लेको नाति बिष्णु झवाग्लेको छोरा वर्ष ५८ को जगतबहादुर वाग्ले र उहाँको मातहतमा रहेको यरुसलेम बेलडाँगी बिलिभर्स इस्टर्न चर्चका सम्पूर्ण झनहरुले प्रार्थना र आरधाना गर्न बिलिभर्स इस्टर्न चर्चको नीति र धार्मिक विधिविधानमा रही धार्मिक अनुष्ठान गर्न गराउने प्रयोजनका निम्ति मेरो नाममा भएको जमिन पाउँछन् । मैले अरु कसैलाई कुनै व्यहोरामा लेनदेन गरी वा नगरी मेरो नाममा रहेको जग्गा अरुलाई दिएको छैन । बिलिभर्स इस्टर्न चर्चबाहेक अरु संघसंस्था वा कुनै व्यक्तिलाई मेरो अनुमतिविना मेरो निजी सम्पतिमा प्रवेश गर्ने अधिकार छैन ।
बिलिभर्सका अगुवाहरुले फिमेथोडिस्टको माथिल्लो निकायमा बुझ्दा माङ्मुसँग कुनै सम्बन्ध नरहेको बताइएको छ । वाग्लेले भने, ‘फिमेथोडिस्टका अगुवासँग बुझ्दा केही समय जोडिए पनि पछि उहाँलाई निकालिएको रहेछ ।’

 

यता विशाल माङ्मुले पास्टर अब्राहम दाहालकै सल्लाहमा चर्चको नाम परिवर्तन गरिएको जानकारी दिए । बिलिभर्सबाट फिमेथोडिस्ट बनाउनका लागि झनहरुकै निर्णयबाट परिवर्तन गरिएको उनले दाबी गरेका छन् । आफू पनि पहिले बिलिभर्समै आवद्ध रहेको स्वीकार गर्दै उनले भने, ‘पछि पास्टर दाहाल र विश्वासीहरुको सहमतिले फिमेथोडिस्ट बनाइएको हो । अहिले यहाँको पुजारी म हुँ । पुजारी नै हटाउने कुरा चल्दैन, कसैलाई चित्त नबुझेको खण्डमा छोड्न सकिन्छ ।’

‘चर्च बनाउने बेला बिलिभर्स चर्च पक्षले रोकेको थियो तर चर्च निर्माण रोकिएन’, उनी भन्छन्, ‘चर्च र क्वाटर निर्माणमा करिब ४० लाखभन्दा धेरै खर्च गरिएको छ ।’ खर्च बारे वाग्लेलाई बुझ्दा उनले भने, ‘उहाँले मौखिक रुपमा जति पनि भन्न सक्नुहुन्छ । उहाँसँग कुनै आधारप्रमाण छैन । त्यो चर्च बिलिभर्समा आवद्ध विश्वासीहरुले बनाएको हो ।’

चर्च विवाद बढेपछि बिलिभर्सका अगुवाहरु न्यायका लागि स्थानीय प्रशासन धाइरहेका छन् । दुवै पक्षबीच माङ्मुले आगामी २९ गते एउटा निर्णयमा पुगिने दाबी गरेका छन् ।

‘निर्णयमा पुग्न नसके अदालती प्रक्रिया सुरु हुन्छ’, उनले थपे, ‘अदालतको निर्णय स्वीकार गर्न तयार छु ।’
तत्कालीन पास्टर दाहालले अमेरिकाबाट दमक नगरप्रमुखलाई पत्र लेख्दै भनेका छन्, ‘माङ्मु कुनै पास्टर थिएनन् । उनलाई कसले पास्टर बनायो मलाई थाहा छैन ।’