Advertisement

झापा । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमी फाइनलमा प्र वेश गरेको छ । सोमाबर भएको खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोलले ले हराउँदै एपिएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमतीका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए । उनको उत्कृष्ट प्रदर्शनसँगै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । अबि लामा, विमल घिसिङ र दिवस लिम्बुले मात्र गोल गर्न सके । एपिएफका फोडेफोफोना, श्याम मगर, कुलदीप कार्की र प्रदीप लामाले जाली चुमाए ।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक छ । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेका छन् । तर, गोल भने सकेनन् । निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । पहिलो हाफमा बागमती क्लब निकै आक्रमक बनेको छ । उसले अवसरहरू सृजना गरे पनि गोल गर्न सकेन । आजको खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित हुँदैन नगद ११ हजार प्राप्त गरे ।

एपिएफले यसअघि पनि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Advertisement