Advertisement

झापा / झापाको दक्षिण क्षेत्रमा रहेको जलथल जंगल आसपासको गाउँ बस्तीहरुमा बढ्दै गइरहेको हात्ती आतंक नियन्त्रणका लागि दिगो व्यवस्थापनको प्रबन्ध मिलाई दिन र सोलार तारवार मर्मतको व्यवस्था को लागि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शम्सेर राई लाई पप मार्फत प्रदेश सरकारलाई पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझाइएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई हल्दीबारी, भद्रपुर र कचनकवलको विभिन्न स्थानको भ्रमणमा आउनु भएको अवसरमा मैन्त्री राईलाई भेटेर जलथल जंगल आसपासको बस्तिमा जंगली हात्तीले सृजना गरेको डर, त्रास र को बारेमा जानकारी गराइएको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले बताउनु भएको छ।

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, वडा न. ४ का अध्यक्ष सन्त कुमार थापा, वडा न. १ का अध्यक्ष देवी थापा समेत सहभागी रहेको टोलीले ध्यानाकर्षण पत्र बुझाएको थियो।

हात्ती आतंकको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण भएको र यसको दिगो व्यवस्थापनको लागि पहल गर्ने मन्त्री राईले प्रतिवद्धता सम्मेत व्यक्त गर्नु भएको थियो।

Advertisement