झापाको मेचीनगरमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
२०८० श्रावण १३, शनिबार २०:५७ गते
झापाको मेचीनगरमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा अन्तरगत मेचीनगर-१३ कालिझोडामा शनिबार बिहान सवा ८ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २१८० नम्बरको स्कुटरलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७१८४ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भिर घाईते भएका २४ वर्षीय योगेश श्रेष्ठको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पिकअप र पिकअप चालक ईलामको सुर्योदय नगरपालिका-१२ का २४ वर्षीय अनमोल राई लाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्